(Saturday, 15 December, 2018)
 | News


प्रेस नोट
मिति २०७५ कार्तिक २५
मुख्यमन्त्री शंकर पोखरेलसंग नेपालका लागि चिनियाँ राजदुत यु होङले आज भेट गर्नुभएको छ ।
भेटमा लुम्बिनीको पर्यटन प्रवद्र्धन, कृषिको विकास र उद्योगमा चिनियाँ लगानी बारे छलफल भएको छ । मुख्यमन्त्रीले यो प्रदेशमा पर्यटन विकास र कृषि उत्पादनको प्रचुर संभावना रहेको जानकारी गराउँदै पर्यटन प्रर्वद्धन र कृषिको व्यवसायिक विकासमा चिनियाँ अनुभव हाम्रा लागि काम लाग्ने बताउनु भयो । उहाँले नेपालको विकासमा चिनियाँ सद्भाव सधैं रहेकोले महामहिम राजदुत मार्फत चिनियाँ सरकारप्रति धन्यवादन व्यक्त गर्नुभयो । उहाँले चिनियाँ रेल काठमाडांै हुँदै लुम्बिनी आउने कुरा सुन्दा खुशी लागेको र छिट्टै रेल लुम्बिनी आउने विश्वास व्यक्त गर्नुभयो ।
राजदुत होङले कृषिको विकासमा चीनले सहकार्य गर्दै आएको र आगामी दिनमा अझै बढाउने बताउनुभयो । लुम्बिनी धेरै चिनियाँको मनमा रहेको बताउँदै उहाँले लुम्बिनीलाई विश्वकै आर्कषक पर्यटकीय गन्तव्य बनाउन सकिने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले विकासमा चिनियाँ अनुभव र प्रविधि आदानप्रदान गरी अघि बढ्न चीन तयार रहेको जानकारी गराउनुभयो । साथै समृद्ध नेपाल सुखी नेपाली अभियानमा सफलता पाउन शुभकामना समेत दिनुभयो ।
राजदूत होङले उपयुक्त समयमा चीनको भ्रमणका लागि पनि मुख्यमन्त्रीलाई निमन्त्रणा गर्नुभयो ।

शेरबहादुर केसी
प्रेस सल्लाहकार