(Saturday, 15 December, 2018)
 | News



प्रेस नोट

माननीय मुख्यमन्त्री शंकर पोखरेलसंग बेलायत अन्तराष्ट्रिय सहयोग नियोग डिएफआईडीका एशिया क्षेत्रीय प्रमुख पिटर भवेल्स सहितको एक टोलीले आज भेट गरेको छ  ।
भेटमा टोलीले  प्रदेश सरकारका प्राथमिकता र सहयोगका क्षेत्रबारे जानकारी लिएको छ । मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सरकारले अहिले कानुन निर्माण र आवधिक योजना निर्माणलाई प्राथमिकता दिएको जानकारी दिनुभयो ।
भेटमा डिएफआइडी नेपाल प्रमुख डा. रुरिड मार्सदेन समेत हुनुहुन्थ्यो ।
मुख्यमन्त्रीले संभव भएसम्म चालु पयिोजनाका सन्दर्भमा पुनरावलोकन गरी अघि बढ्न र अब नयाँ परियोजना सञ्चालन गर्दा छलफल गरेर अघि  बढ्न आग्रह गर्नुभयो ।
डिएफआइडीले नेपालको विकास प्रक्रियामा  सहयोग गर्दै आएको र आगामी दिनमा पनि समन्वयात्मक ढंगले काम गर्ने  डिएफआईडी एशिया क्षेत्रीय प्रमुख भवेल्सले बताउनुभयो । उहाले परिवर्तित सन्दर्भमा विगतको सहयोगलाई अझै व्यवस्थित गर्न इच्छुक रहेको बताउनुभयो । मुख्यमन्त्रीले प्रदेशको प्राथमिकता,  समुदायलाई लाभ पुग्ने र नतिजा दिने विकास परियोजनामा सहयोग हुने विश्वास व्यक्त गर्नुभयो ।
मिति २०७५ मंसिर २


शेरबहादुर केसी
प्रेस सल्लाहकार