(Friday, 26 April, 2019)
 | News



बर्दिया पुष २७ । मुख्यमन्त्री शंकर पोखरेलले सरकारविरुद्ध भ्रमपूूर्ण प्रचार छ महिनापछि बन्द हुने बताउनुभएको छ । उहाँले अहिले भइरहेका कामको नतिजा देखिदै जाने र अब आउने बजेटपछि अहिले भइरहेका भ्रणपूर्ण प्रचारको खेती बन्द हुने बताउनुभयो ।
बाँसगढी नगरपालिकाले शुरु गरेको अनलाइन प्रणालीमा व्यक्तिगत घटना दर्ताको घोषणा कार्यक्रममा बोल्दै उहाँले मुलुकले विकासको गति लिइरहेको बताउनुभयो । ’तीन तहका सरकार योजनाबद्ध विकासको अभियानमा लागेका छन्, सरकारले काम गर्न खोज्दा अप्ठारोमा परेकाहरुबाट सरकारको विरोध भइरहेको छ—उहाँले भन्नुभयो ।  मुलुकले यो वर्ष ८ प्रतिशतको दरले अािर्थक वृद्धि हासिल गर्ने र यात्रा अघि बढ्दै जाने उहाँले बताउनुभयो ।
’मुलुक अघि बढ्दै जादा निराशाको खेती नगरौं, त्यसले क्षतिमात्रै गर्छ, सकारात्मक ढंगले अघि बढ्दा समृद्धिको यात्रामा डो¥याउँछ—उहाँले बताउनुभयो ।
उहाँले संघीय शासन प्रणालीले मोटामोटी १५ प्रतिशत खर्च बढाएपनि नागरिकको खर्च घटेको बताउनुभयो । ‘कामका लागि सदरमुकाम जादा लाग्ने खर्च घटेको छ, घरदैलोमै रहेका स्थानीय सरकारले सदरमुकामको सेवा उपलब्ध गराइरहेका छन्, राज्यको खर्च बढेपनि नागरिकको खर्च घट्दा फाइदा पुगेको छ—उहाँले भन्नुभयो ।
सिण्डिकेट खारेजी र काम नगर्ने निर्माण व्यवसायी विरुद्ध कदम चाल्दा सरकार विरुद्ध संगठित रुपमा अभियान चलेको मुख्यमन्त्रीले बताउनुभयो । ‘सार्वजनिक यातायात प्राधिकरण बनाएर सार्वजनिक यातायातलाई व्यवस्थापन गर्ने तयारी छ —उहाँले भन्नुभयो—अहिले सिण्डिकेट तोडिएको छ, यातायात व्यवस्थापन राम्रो संग नहुँदा समस्या देखिएको हो ।’
उहाँले प्रदेशको समृद्धिको लागि कृषिको व्यवसायिकरणबाट अघि बढ्ने र पर्यटनबाट उत्कर्षमा पुग्ने बताउनुभयो ।  कृषिमा सुधार भयो भने राष्ट्रिय आय वृद्धि हुने र नागरिकको जीवनस्तर सुधार हुने  उहाँले बताउनुभयो । ‘कृषिमा आधुनिकरण र बजारीकरण गर्दा मात्रै कृषिबाट लाभ लिनसकिन्छ, त्यसका लागि अहिलेको निर्वाहमुखी प्रणाली तोड्नुपर्छ—उहाँले भन्नुभयो ।
उहाँले नगरपालिकाले नगरको उत्पादन ढाँचासंग जोड्नसक्दा मात्रै नागरिकले लाभ लिन सक्नु बताउनुभयो । ‘जनताको जीवनस्तरमा परिर्वतन ल्याए मात्रै नगरको प्रभाव हुन्छ—उहाँले भन्नुभयो ।
 त्यसअघि उहाँले व्यानर वाचन गरी  व्यक्तिगत घटना दर्ता अनलाइन प्रणालीबाट भएको घोषणा गर्नुभएको थियो । बासँगढी नगरपालिकाका प्रमुख शालिकराम अधिकारीले बासँगढी नगरपालिकाले गरिरहेका काम बारे जानकारी गराउनुभएको थियो ।