श्रद्धाञ्जली विज्ञप्ति
श्रद्धाञ्जली विज्ञप्ति
नेपालका छैठौं संघनायक भिक्षु अश्वघोष
महास्थवीरको निधनले स्तब्ध बनाएको छ । स्वर्गीय भिक्षु अश्वघोष
महास्थवीरप्रति हार्दिक श्रद्धाञ्जली अपर्ण गर्दछु ।
अश्वघोषले बुद्धका
सन्देश र दर्शनलाई स्वदेश तथा विदेशमा व्यापक प्रसार गर्न जीवन समर्पित
गर्नुभएको थियो । बुद्ध धर्म र दर्शनसँग सम्बन्धित डेढ सय भन्दा बढी पुस्तक
लेख्नु भएका अश्वघोष बौद्ध धर्म र दर्शनका विद्वान हुनुहुन्थ्यो । उहाँले
वि.सं.२०४६ को जनआन्दोलनपछि तत्कालीन संसदमा सक्रिय र रचनात्मक भूमिका
निर्वाह गर्नुभएको थियो । उहाँ तत्कालीन नेकपा एमालेबाट राष्ट्रिय सभा
सदस्यमा मनोनित हुनुभएको थियो । २०५१ सालमा लुम्विनी विकास कोषको उपाध्यक्ष
भएपछि अश्वघोषले बुद्ध जन्मस्थलमा आवश्यक सुधार र गुरुयोजना कार्यान्वयनका
लागि महत्वपूर्ण योगदान पु¥याउनु भएको थियो । भिक्षु अश्वघोषले बौद्ध धर्म
र दर्शन तथा लुम्बिनीको विकासमा पु¥याउनु भएको योगदानको हामी सधैं स्मरण
गरिरहने छौं ।
दुःखको यस घडीमा भिक्षुका समस्त शिष्यगण, अनुयायी र बौद्ध समुदायप्रति गहिरो समवेदना व्यक्त गर्दछु ।
शंकर पोखरेल
मुख्यमन्त्री
२०७५ चैत २४