(Friday, 23 August, 2019)
 | News


हावाहुरीले आइतवार साँझ बारा र पर्सामा ठूलो जनधनको क्षति भएकोप्रति गहिरो दुःख व्यक्त गर्दछु । अहिलेसम्म २७ जनाको ज्यान गएको र ४ सय भन्दा बढी घाइते भएको र सयौं घरवार विहिन हुनु परेको छ । यो प्राकृतिक प्रकोपमा परी ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । घाईते सबैको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

 प्रकोपको यो विपत्तिबाट पाठ सिक्दै आगामी दिनमा क्षति न्युनिकरण गर्न  आवश्यक कदम चाल्न ध्यान दिनुपर्छ । जनधनको क्षति प्रभावितलाई राहत र पुनःस्थापनाका लागि प्रदेश ५ सरकारले पनि सहयोग गर्ने छ । यो विपत्तिको बेला राहत र पुनःस्थापनाको लागि सबै मिलेर अघि बढ्न अपील गर्दछु ।

शंकर पोखरेल
मुख्यमन्त्री
मिति २०७५ चैत १९