(Friday, 23 August, 2019)

 


१८ बैशाख, २०७५
अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा समस्त श्रमजीवी दाजुभाइ दिदीबहिनीलाई म हार्दिक शुमकामना व्यक्त गर्दछु ।
श्रम शक्तिको विकासवाट नै समृद्ध राष्ट्रको निर्माण सम्भव हुन्छ । नेपाली समाजमा लामो समयसम्म श्रमलाई हेयका दृष्टिकोणले हेर्ने सामाजिक मान्यता रह्यो । कतिपय श्रमका क्षेत्रहरुमा नेपाली श्रमशक्तिको सहभागिता समेत देखिदैन । जसवाट वर्षेनी अरवौको पूँजी रेमिट्यान्सका रुपमा पलायन भइरहेको छ ।
 ऐतिहासिक संविधानसभावाट जनअधिकारले सम्पन्न संविधान जारी भएपछि मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापित भएको छ । तीनै तहका जननिर्वाचित सरकारहरुले नागरिकका आकांक्षा पूरा गर्न काम गरिरहेका छन् ।  विकास र समृद्धिको नागरिकको आकांक्षा पुरा गर्नका लागि श्रमशक्तिलाई अर्थतन्त्र र मुलुकको पूर्वाधार विकासमा लगाउनु अनिवार्य छ ।
हामी हाम्रो मुलुकमा आजको यो परिस्थिति २००७, २०४६ र २०६२।०६३ मा भएका राजनीतिक आन्दोलन र क्रान्तिको सफलतावाट हासिल गरेका हौ । उक्त आन्दोलनमा नेपाली श्रमिकवर्गको सहभागिता र  बलिदान स्मरणीय छ । नयाँ संविधानले एकात्मक र केन्द्रीकृत राज्यव्यवस्थाको अन्त्य गरी संघात्मक  र समाजवादउन्मुख राज्यव्यवस्थाको स्थापना गरेको छ । संविधानले व्यवस्था गरेको समाजवादउन्मुख  राज्यव्यवस्था व्यवहारमा कार्यान्वयन गर्दै जाँदा समाजमा वर्गीय विभेदको खाडल पुरिदै जाने निश्चित छ । श्रमिकवर्गको हितका लागि सरकारले सामाजिक सुरक्षा कार्यक्रम घोषणा गरेको छ । यो कार्यक्रम व्यवहारिक रुपमा कार्यान्वयन हुँदै श्रमिक वर्गको हित र सम्मान स्थापित हुनेछ ।
म अन्तर्राष्ट्रिय श्रमिक दिवसका उपलक्ष्यमा श्रमशक्तिको विकासवाट नै समृद्ध नेपालको निर्माण सम्भव हुन्छ भन्ने मान्यताका आधारमा अघि बढ्न सम्वद्ध अपील गर्दछु । र सम्पूर्ण श्रमजीवी वर्गमा अन्तर्राष्ट्रिय श्रमिक दिवस (मई १)को उपलक्षमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
मुख्यमन्त्री
शंकर पोखरेल