(Friday, 24 May, 2019)

नयाँवर्षको शुभकामना
                                                                                                                       मिति २०७५ बैशाख १

नयाँवर्ष २०७५ को अवसरमा स्वदेश र विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीवहिनी दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । नयाँवर्षको नयाँ उमंग, नयाँ उत्साह र नयाँ अठोट समृद्ध नेपाल निर्माणको आधार वन्न सफल हुने विश्वास समेत व्यक्त गर्दछु ।
ऐतिहासिक संविधानसभावाट नयाँ संविधान जारी भएपछि अहिले मुलुक नयाँ युगमा प्रवेश गरेको छ । गएको वर्ष २०७४ मा मुलुकलाई दिशानिर्देश गर्ने निकै महत्वपूर्ण काम पूरा भएका छन् । संविधानमा व्यवस्था भएअनुसार स्थानीय, प्रदेश र प्रतिनिधिसभाको चुनाव सफलतापूर्वक सम्पन्न भई जनादेश अनुसारको नयाँ सरकार गठन भइ संविधान कार्यान्वयनको दिशामा मुलुक सफलतापूर्वक अघि बढिरहेको छ ।
संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि मुलुकमा राजनैतिक अधिकार प्राप्तिको आन्दोलनको चरण आधारभूत रुपमा समाप्त भएको छ । अव छिटो भन्दा छिटो रोग, भोक, अशिक्षा र बेरोजगारी अन्त्यगर्दै विकसित र समृद्ध नेपाल निर्माण गर्ने अभियानमा जुट्नु आवश्यक छ । हामी प्रदेशको विकास र समृद्धिका माध्यमवाट राष्ट्र निर्माणको महाअभियानमा जुट्न कृत संकल्पित छौ ।
नयाँवर्षको नयाँ उमंग र उत्साहलाई विकसित र समृद्ध प्रदेश बनाउने अठोट र संकल्पमा वदलौ । समृद्धि सम्भव छ, हाम्रै जीवनमा । पुनः नयाँवर्ष २०७५ को अवसरमा सबैमा हार्दिक मंगलमय शुभकामना ।


शंकर पोखरेल
मुख्यमन्त्री

अन्य सूचनाहरू