(Saturday, 15 December, 2018)

बुद्ध जयन्तीको शुभकामना

१७ वैशाख, २०७५

२५६२ औं बुद्ध जयन्तीको अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

हाम्रो प्रदेशको भूमि लुम्विनीमा जन्मिएका सिद्धार्थ गौतम बुद्ध विश्व शान्ति र मानव कल्याणका अग्रदुत हुनुहुन्छ । इसापूर्व ५६३ अर्थात आज भन्दा २५६२ वर्ष अघि लुम्विनीमा कपिलवस्तु गणराज्यकी महारानी मायादेवीको कोखवाट जन्मिएका सिद्धार्थ गौतम वुद्धले मानव कल्याण, अहिंसा र शान्तिको खोजीका लागि २९ वर्षको उमेरमा राजगद्दीको उत्तराधिकार सहित गृहत्याग गर्नुभयो । हिंसा र दुखको कारणको खोजीमा गृह त्याग गर्नुभएका सिद्धार्थ गौतम् वुद्धले भातृत्व र मानव कल्याणका लागि महान दार्शनिक विचारवाट समाजलाई दिक्षित गर्नु भयो । ध्यान र तपका माध्यमवाट मानिसलाई सत्कर्मको वाटोमा हिडाउन सफल हुनु भयो । आज वुद्धका उपदेशका रुपमा स्थापित वुद्ध दर्शन बौद्ध धर्मावलम्वीका लागि मात्रै नभएर सम्पूर्ण मानव जातिकै लागि अमुल्य निधि वन्न पुगेका छन् । वुद्धवादको आधारभूमिका रुपमा रहेका प्राचीन कपिलवस्तु र कोलिय गणराज्यहरु यसै प्रदेशको माटोममुनि दविएर रहेका छन् । हामी २५६२ वुद्ध जयन्तीको उपलक्षमा ती दविएर रहेका सम्पदाहरुको अन्वेषण गर्नु र त्यसलाई मानवजातिको अमुल्य निधिका रुपमा संरक्षित गर्नु आफ्नो कर्तव्य ठान्दछौ । साथै यस अवसरमा वुद्धकालीन सम्पदाका रुपमा रहेका ऐतिहासिक स्थलहरु तिलौराकोट, रामग्राम, देवदह, निग्लिहवा, गोटिहवा, सग्रहवा,अरौराकोट, सग्रहवाको खोज अनुसन्धान तथा पर्यटकीय हिसावले ती क्षेत्रको विकास जरुरी रहेको छ । त्यसका लागि सम्वद्ध सबै क्षेत्रको ध्यानाकर्षण गर्दछौ ।

संसारमा दुःख छ र दुःखको कारण छ र दुख निवारण सकिन्छ भन्ने वुद्धको शिक्षावाट प्रेरणा लिदै यस प्रदेशको गरिवी, पछौटेपन र अविकासको अवस्था सदाका लागि अन्त्य गर्न विकास र समृद्धिको बाटोमा अघि वढ्नु जरुरी छ । प्रदेश सरकारले सोही उद्देश्य अनुरुप समृद्ध प्रदेश खुसी जनताको संकल्प अघि सारेको छ । २५६२ औ बुद्ध जयन्तीको अवसरमा हामी उक्त संकल्पलाई पुनः स्मरण गर्दै सम्पूर्ण दिदी वहिनी दाजु भाइहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।


मुख्यमन्त्री

शंकर पोखरेल