(Saturday, 15 December, 2018)


२० वैशाख, २०७५

विश्व प्रेस स्वतन्त्रता दिवस मई ३ को अवसरमा समस्त पत्रकार र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको लागि संघर्षरत दाजुभाइ दिदीबहिनीहरुमा म हार्दिक शुभकाकामना व्यक्त गर्दछु ।


नेपालमा २०४६ सालको पञ्चायत विरोधी र २०६२।०६३ को शाही  शासन विरोधी आन्दोलन लगायतका राजनैतिक परिवर्तनका  लागि भएका आन्दोलनलाई उत्कर्षमा  पु¥याएर  लोकतान्त्रिक व्यवस्था स्थापना गर्न नेपाली प्रेसले खेलेको महत्वपूर्ण भूमिका यो बेला  स्मरण गर्न चाहन्छु ।  प्रेस स्वतन्त्रताको निर्वाध प्रयोग र अभ्यासले लोकतन्त्र र प्रेस दुवै  सबल हुने भएकाले  प्रदेश सरकार त्यस्तो वातावरण बनाउन प्रतिबद्ध छ । 

ऐतिहासिक संविधानसभावाट नयाँ संविधान जारी भएपछि अहिले मुलुक नयाँ युगमा प्रवेश गरेको छ । संविधानले एकात्मक र केन्द्रीकृत राज्य व्यवस्थाको अन्त्य गरी संघात्मक राज्य व्यवस्थाको  स्थापना गरेको छ । त्यसको व्यवहारिक प्रयोगको शुरुवात तीन तहको चुनाव सम्पन्न भई जनप्रतिनिधिमुलक शासनव्यवस्था शुभारम्भबाट भएको छ । यतिखेर प्रदेश सरकारले कानुन निर्माणलाई प्राथमिकता दिएर सरकारको कामलाई फराकिलो बनाउँदै अघि बढेको छ । प्रदेश सरकारले प्रेससंग सम्बन्धित कानुन प्रेस स्वतन्त्रता मैत्री बनाउने प्रतिबद्धता व्यक्त गर्दछु ।

लोकतान्त्रिक व्यवस्थालाई बलियो बनाउन जिम्मेवार र उत्तरदायी पत्रकारिता आवश्यक पर्छ ।  जिम्मेवार र उत्तरदायी पत्रकारिताले प्रेस स्वतन्त्रताको दायरा फराकिलो हुन्छ । सबै पत्रकारहरुमा जिम्मेवार र उत्तरदायी पत्रकारिताको अभ्यास गर्ने प्रेरणा मिलोस्, विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा यही शुभकामना ।


शंकर  पोखरेल

मुख्यमन्त्री