(Thursday, 19 July, 2018)

इद पर्वको शुभकामना सन्देश 

इस्लाम धर्मावलम्बीहरुको महान पर्व ईदउल फित्र (इद) पर्वको अवसरमा समस्त स्वदेश तथा विदेशमा रहनुभएका इस्लाम समुदायका दाजुभाइ दिदीबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
नेपाल  बहुभाषिक  र  बहुजातीय मुलुक हो । विभिन्न जात जाति र समुदायले मनाउने पर्व र परम्पराले मुलुक रंगिएको छ । यस्ता  सांस्कृतिक उत्सव र पर्व कुनै जाति र समुदाय विशेषका नभएर सबैका साझा भएका छन् । यी पर्वले मुलुकमा सामाजिक सद्भाव, भातृत्व र मेलमिलापको वातावरण तयार पार्न सघाउ पु¥याएका छन् । इद पर्वले पनि सद्भाव र भाइचारा बढाउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ । यसको सांस्कृतिक र सामाजिक सन्देशलाई प्रवाह गरी नेपाली समाजमा एकता, सद्भाव र  मेलमिलाप अझ बढाउन आवश्यक छ ।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले अल्पसंख्यक मुस्लिम समुदायको उत्थान र विकासका लागि मार्ग प्रशस्त गरेको छ । संवैधानिक रुपमै मुस्लिम आयोगको गठन गर्ने व्यवस्था गरेर मुस्लिम समुदायप्रति सम्मान व्यक्त गरेको छ । यतिखेर  मुलुक तीन तहको चुनाव सम्पन्न भइ संविधान कार्यान्वयनको दिशामा अघि बढेको छ । संविधानको कार्यान्वयन हुँदै जादा सबै समुदाय, वर्ग र जातिले व्यवहारिक रुपमा प्राप्त अधिकारको उपभोग गर्दै जानेछन् ।

अहिले मुलुक संविधान कार्यान्वयन गर्दै समृद्ध नेपाल सुखी नेपाली बनाउने दिशामा अघि बढेको छ । विकास र समृद्धिको वाटोवाट न्यायपूर्ण र समतामुलक समाज निर्माण गर्ने हाम्रो लक्ष हो  । समृद्ध नेपाल,सुखी नेपालीको लक्ष्यमा पुग्न प्रदेश सरकार योजनाबद्ध विकासमा संकल्पित छ । त्यसका लागि हामीले समृद्ध प्रदेश खुसी जनताको लक्ष्य अघि सारेका छौ । समृद्ध प्रदेशका माध्यमवाट समृद्ध राष्ट्र निर्माण गर्ने महाअभियानमा यस प्रदेशका सबै राजनैतिक दल, समुदाय,संघ संस्था र आम नागरिकमा हार्दिक अपिल गर्दछु ।
अन्त्यमा, इद पर्वको अवसरमा अवसरमा सबैमा शुभकामना । 

शंकर पोखरेल
मुख्यमन्त्री
मिति २०७५ असार २