(Wednesday, 19 September, 2018)

बकर इद पर्वको शुभकामना सन्देश 

इस्लाम धर्मावलम्बीहरुको महान पर्व ईदउल अजाहा (बकर इद) पर्वको अवसरमा समस्त स्वदेश तथा विदेशमा रहनुभएका इस्लाम समुदायका दाजुभाइ दिदीबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

नेपाल सांस्कृतिक विविधता भएको मुलुक हो । सांस्कृतिक विविधताले मुलुक रंगिएको छ । विभिन्न जाति र समुदायका पर्व कुनै जाति विशेषका मात्रै नभएर सबैका साझा पर्व हुन्  । यी पर्वले मुलुकमा सामाजिक सद्भाव, भातृत्व र मेलमिलापको वातावरण तयार पार्न सघाउ पु¥याएका छन् । बकर इदले पनि सद्भाव र भाइचारा बढाउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ । यसको सांस्कृतिक र सामाजिक सन्देशलाई प्रवाह गरी नेपाली समाजमा एकता, सद्भाव र  मेलमिलाप अझ बढाउन जरुरी छ ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले अल्पसंख्यक मुस्लिम समुदायको उत्थान र विकासका लागि मार्ग प्रशस्त गरेको छ । संवैधानिक रुपमै मुस्लिम आयोगको गठन गर्ने व्यवस्था गरेर मुस्लिम समुदायप्रति सम्मान व्यक्त गरेको छ । यतिखेर  मुलुक तीन तहको चुनाव सम्पन्न भइ संविधान कार्यान्वयनको दिशामा अघि बढेको छ । संविधानको कार्यान्वयन हुँदै जादा सबै समुदाय, वर्ग र जातिले व्यवहारिक रुपमा प्राप्त अधिकारको उपभोग गर्दै जानेछन् ।

अहिले मुलुक संविधान कार्यान्वयन गर्दै समृद्ध नेपाल सुखी नेपाली बनाउने दिशामा अघि बढेको छ । विकास र समृद्धिको वाटोवाट न्यायपूर्ण र समतामुलक समाज निर्माण गर्ने हाम्रो लक्ष हो  । समृद्ध नेपाल,सुखी नेपालीको लक्ष्यमा पुग्न प्रदेश सरकार योजनाबद्ध विकासमा संकल्पित छ । त्यसका लागि हामीले समृद्ध प्रदेश खुसी जनताको लक्ष्य लिएर योजनाबद्ध विकासको दिशामा अघि बढेका छौ । समृद्ध प्रदेशका माध्यमवाट समृद्ध नेपाल निर्माण गर्ने महाअभियानमा यस प्रदेशका सबै राजनैतिक दल, समुदाय,संघ संस्था र आम नागरिकमा हार्दिक अपिल गर्दछु ।

अन्त्यमा, बकर इद पर्वको अवसरमा अवसरमा सबैमा शुभकामना । 

शंकर पोखरेल

मुख्यमन्त्री

मिति २०७५ भदौ ६ 