(Friday, 16 November, 2018)


                                                                                                                मिति २०७५ भदौ २२

निजामति सेवा दिवस—२०७५ को अवसरमा समस्त निजामति कर्मचारीवर्गमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
ऐतिहासिक संविधानसभावाट नयाँ संविधान जारी भएपछि अहिले मुलुक नयाँ युगमा प्रवेश गरेको छ । संविधानमा व्यवस्था भएअनुसार स्थानीय, प्रदेश र प्रतिनिधिसभाको चुनाव सफलतापूर्वक सम्पन्न भई जनादेश अनुसारको नयाँ सरकार गठन हुँदै संविधान कार्यान्वयनको दिशामा मुलुक सफलतापूर्वक अघि बढिरहेको छ । संघीय संरचना अनुसार चुनावमार्फत राजनैतिक नेतृत्व स्थापित भइसकेपनि कर्मचारी समायोजन छिटो हुन आवश्यक छ । कर्मचारी समायोजनपछि तिनै तहमा प्रशासनिक संरचना आधारभूत रुपमा तयार हुनेछ ।


लामो द्वन्द्व, शान्तिप्रक्रिया, संविधानसभा हुँदै नयाँ संविधान जारी भएपछि मुलुक नयाँ चरणमा प्रवेश गरेको छ । अव छिटो भन्दा छिटो रोग, भोक, अशिक्षा र बेरोजगारी अन्त्य गर्दै विकसित र समृद्ध नेपाल निर्माण गर्ने अभियानमा जुट्नु आवश्यक छ । हामी प्रदेशको विकास र समृद्धिका माध्यमवाट राष्ट्र निर्माणको महाअभियानमा जुट्न संकल्पित छौ । यो अभियानमा समस्त निजामति कर्मचारी वर्गको उत्साहपूर्ण सहभागिता र योगदानको अपेक्षा छ ।

यस वर्षको निजामति दिवसको नारा नतिजामुखी प्रशासनः समृद्धि र सुशासन  भन्ने रहेको र त्यो नारालाई सार्थक बनाउनका लागि निजामति प्रशासनलाई चुस्त,छरितो र नागरिकमाझ अझै विश्वसनीय बनाउन आवश्यक छ । त्यसो गर्न सक्दा समृद्ध प्रदेश बनाउने अठोट र संकल्पलाई साकार पार्न सक्छौं । निजामति सेवा दिवस—२०७५ को अवसरमा पुनः सबै निजामति कर्मचारी वर्गमा हार्दिक मंगलमय शुभकामना ।


शंकर पोखरेल
मुख्यमन्त्री

अन्य सूचनाहरू

२२ कार्तिक, २०७५