(Saturday, 15 December, 2018)



थारु समुदायको महत्वपूर्ण पर्व अट्वारीको अवसरमा समस्त थारु  समुदायमा सुख,समृद्धि र उन्नतिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

नेपाल  बहुभाषिक र बहुजातीय मुलुक हो । विभिन्न जात जाति र समुदायले मनाउने पर्व र संस्कृतिले मुलुक रंगिन बनेको छ । कुनै समुदायका सांस्कृतिक उत्सव र पर्व अहिले कुनै जाति र समुदाय विशेषका नभएर सबैका साझा भएका छन् । मुलुकमा सामाजिक सद्भाव, भातृत्व र मेलमिलाप बढाउन हाम्रा सांस्कृतिक पर्वले महत्वपूर्ण भूमिका खेलेका छन् । । 

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले थारु समुदायको उत्थान र विकासका लागि मार्ग प्रशस्त गरेको छ । संवैधानिक रुपमै थारु आयोगको गठन गर्ने व्यवस्था गरेर थारु समुदायप्रति सम्मान व्यक्त गरेको छ । मुलुकमा तीन तहको चुनाव सम्पन्न भई संविधान कार्यान्वयनको  दिशामा अघि बढेको र संविधान कार्यान्वयन हुँदै जाँदा सबै समुदाय, वर्ग र जातिले व्यवहारिक रुपमा प्राप्त अधिकारको उपभोग गर्दै जानेछन् ।

अन्त्यमा, अट्वारी पर्वको अवसरमा थारु समुदायमा हार्दिक  शुभकामना ।



 


शंकर पोखरेल

मुख्यमन्त्री

मिति २०७५ भदौ ३१