(Friday, 16 November, 2018)


नेपालीहरुको महान पर्व विजया दशमीको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका समस्त नेपाली दाजुभाइ दिदीबहिनीहरुमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
 सांस्कृतिक उत्सव र पर्व कुनै समुदाय विशेषका नभएर सबै नेपालीका साझा भएका छन् । सांस्कृतिक पर्वहरुले सद्भाव, भातृत्व र मेलमिलाप बढाउँदै समाजलाई एकताको सुत्रमा बाँधेका छन् । अझ दशैंको मौलिक  पहिचान रहँदै आएको छ । व्यवसाय, रोजगारी र अध्ययनका शिलशिलामा घरभन्दा बाहिर रहेकाहरु दशैंमा घर फर्कन प्राथमिकता दिइरहनुले यो पर्वलाई समुदायले दिएको महत्व छर्लङ्ग हुन्छ । व्यक्ति, परिवार र समाजलाई जोड्ने मौलिक पर्वको रुपमा दशैं स्थापित रही आएको छ ।  यही अवसरमा हुने पारिवारिक र सामाजिक मिलनले दसैंको महत्व र गरिमालाई फराकिलो बनाउँदै आएको छ ।
 
 ऐतिहासिक संविधानसभावाट नयाँ संविधान जारी भएपछि अहिले मुलुक नयाँ युगमा प्रवेश गरेको छ । स्थानीय, प्रदेश र प्रतिनिधिसभाको चुनाव सफलतापूर्वक सम्पन्न भई आधारभूत रुपमा संविधान कार्यान्वयनको दिशातिर मुलुक अघि बढेको छ । राजनैतिक रुपमा संघीयता कार्यान्वयन भएपनि प्रशासनिक र वित्तीय रुपमा कार्यान्वयन हुन अझै बाँकी रहेकोले व्यवहारिक रुपमा संघीयताको पूर्णतः कार्यान्वयन गरी नागरिकका अपेक्षा पूरा संकल्पित छौं । मुलुकबाट अव छिटो भन्दा छिटो रोग, भोक, अशिक्षा र बेरोजगारी अन्त्य गर्दै  समृद्ध नेपाल निर्माण गर्ने अभियानमा जुट्नु आवश्यक छ । हामी प्रदेशको विकास र समृद्धिका माध्यमवाट राष्ट्र निर्माणको महाअभियानमा जुटिरहेका छौं ।

मुलुक संविधान कार्यान्वयन गर्दै समृद्ध नेपाल सुखी नेपाली बनाउने दिशामा अघि बढेको छ । विकास र समृद्धिको वाटोवाट न्यायपूर्ण र समतामुलक समाज निर्माण गर्ने हाम्रो लक्ष्य हो  । समृद्ध नेपाल,सुखी नेपालीको लक्ष्यमा पुग्न प्रदेश सरकार योजनाबद्ध विकासमा संकल्पित छ । त्यसका लागि हामीले समृद्ध प्रदेश खुसी जनताको लक्ष्य अघि सारेका छौ । समृद्ध प्रदेशका माध्यमवाट समृद्ध राष्ट्र निर्माण गर्ने महाअभियानमा यस प्रदेशका सबै राजनैतिक दल, समुदाय,संघ संस्था र आम नागरिकमा हार्दिक अपिल गर्दछु ।
अन्त्यमा, विजया दशमीको अवसरमा सबैमा सुख, शान्ति र समृद्धिको शुभकामना ।

शंकर पोखरेल
मुख्यमन्त्री
मिति २०७५ कार्तिक २





अन्य सूचनाहरू

२२ कार्तिक, २०७५