(Saturday, 15 December, 2018)




इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको १४४० औ जन्म जयन्तीका अवसरमा समस्त स्वदेश तथा विदेशमा रहनुभएका इस्लाम समुदायका दाजुभाइ दिदीबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

नेपाल धर्म निरपेक्ष मुलुक हो । सबै धर्मप्रति सम्मान हुने वातावरण मुलुकका तयार भएको छ । अहिले एउटा समुदायले मान्ने संस्कृति र धर्म अरु समुदायका लागि साझा भएका छन् । धर्म र संस्कृति  जाति र समुदाय विशेषका नभएर सबैका साझा हुनुले समाजमा सद्भाव, भातृत्व र मेलमिलापको वातावरण बनाउँछ ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले अल्पसंख्यक मुस्लिम समुदायको उत्थान र विकासका लागि मार्ग प्रशस्त गरेको छ । संवैधानिक रुपमै मुस्लिम आयोगको गठन गर्ने व्यवस्था गरेर मुस्लिम समुदायप्रति सम्मान व्यक्त गरेको छ । यतिखेर  मुलुक तीन तहको चुनाव सम्पन्न भइ संविधान कार्यान्वयनको दिशामा अघि बढेको छ । संविधानको कार्यान्वयन हुँदै जादा सबै समुदाय, वर्ग र जातिले व्यवहारिक रुपमा प्राप्त अधिकारको उपभोग गर्दै जानेछन् ।

अहिले मुलुक संविधान कार्यान्वयन गर्दै समृद्ध नेपाल सुखी नेपाली बनाउने दिशामा अघि बढेको छ । विकास र समृद्धिको वाटोवाट न्यायपूर्ण र समतामुलक समाज निर्माण गर्ने हाम्रो लक्ष हो  । समृद्ध नेपाल,सुखी नेपालीको लक्ष्यमा पुग्न प्रदेश सरकार योजनाबद्ध विकासमा संकल्पित छ । त्यसका लागि हामीले समृद्ध प्रदेश खुसी जनताको लक्ष्य लिएर योजनाबद्ध विकासको दिशामा अघि बढेका छौ । समृद्ध प्रदेशका माध्यमवाट समृद्ध नेपाल निर्माण गर्ने महाअभियानमा यस प्रदेशका सबै राजनैतिक दल, समुदाय,संघ संस्था र आम नागरिकमा हार्दिक अपिल गर्दछु ।

अन्त्यमा, इस्लाम धर्मका धर्म गुरु पैगम्बर हजरत मोहम्मदको जन्मजयन्तीको अवसरमा सबैमा शुभकामना ।


शंकर पोखरेल
मुख्यमन्त्री
मिति २०७५ मंसिर ५