(Sunday, 17 February, 2019)



७० औं अन्तराष्ट्रिय मानव अधिकार दिवस १० डिसेम्बर २०१८ को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

 संविधानले मानव अधिकारको सम्मान, संरक्षण, सम्वद्र्धनलाई जोड दिएको छ । संविधानको मर्म अनुसार प्रभावकारी कार्यान्वयन गरी व्यवहारमा लागु गर्नुपर्ने जिम्मेवारी हाम्रो काँधमा छ । संविधान र कानूनद्वारा प्रदत्त आधारभूत मानव अधिकारको प्रत्याभूतिका लागि मुलुकमा संस्थागत संरचना तथा नीतिगत एवं कानून निर्माण गरिएको छ ।
मानव अधिकारको सम्मान, संरक्षण र प्रवद्र्धनमा ठोस योगदानको लागि संविधानले राष्ट्रिय मानव अधिकार आयोग  लगायतका  संवैधानिक निकायको व्यवस्था गरेको छ ।

 यतिखेर  मुलुक तीन तहको चुनाव सम्पन्न भइ संविधान कार्यान्वयनको दिशामा अघि बढेको छ । संविधानमा उल्लेख भएका मौलिक हक सम्बन्धी व्यवस्थाको कार्यान्वयन गर्दै अघि बढ्नुपर्ने दायित्व छ । संविधानमा भएका मौलिक हक सम्बन्धी व्यवस्था कार्यान्वयनका लागि काननु निर्माण भइसकेको छ । संविधान कार्यान्वयन हुँदै जादा सबै समुदाय, वर्ग र जातिले व्यवहारिक रुपमा प्राप्त अधिकारको उपभोग गर्न पाउने अवसर अगाडि आएको छ । संविधान कार्यान्वयन गर्दै समृद्ध नेपाल सुखी नेपाली बनाउने दिशामा मुलुक अघि बढेको छ । विकास र समृद्धिको वाटोवाट न्यायपूर्ण र समतामुलक समाज निर्माण गर्ने हाम्रो लक्ष्य हो  । समृद्ध नेपाल,सुखी नेपालीको लक्ष्यमा पुग्न प्रदेश सरकार योजनाबद्ध विकासमा संकल्पित छ । त्यसका लागि हामीले समृद्ध प्रदेश खुसी जनताको लक्ष्य लिएर योजनाबद्ध विकासको दिशामा अघि बढेका छौ । समृद्धि मार्फत नागरिकको मुहारमा खुशी ल्याउन सक्दा व्यवहारिक रुपमै मानवअधिकार स्थापित भएको हुनेछ । तसर्थ समृद्ध प्रदेशका माध्यमवाट समृद्ध नेपाल निर्माण गर्ने महाअभियानमा यस प्रदेशका सबै राजनैतिक दल, समुदाय,संघ संस्था र आम नागरिकमा हार्दिक अपिल गर्दछु ।


अन्तमा, अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा सबैलाई शुभकामना व्यक्त गर्दछु ।


मुख्यमन्त्री
शंकर पोखरेल

मिति २०७५ मंसिर २४