(Friday, 26 April, 2019)

 


ईसाई धर्माबलम्वीको पर्व क्रिसमसका अवसरमा समस्त स्वदेश तथा विदेशमा रहनुभएका ईसाई  समुदायका दाजुभाइ दिदीबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

अहिले एउटा समुदायले मान्ने संस्कृति र धर्म अरु समुदायका लागि पनि साझा भएका छन् । धर्म र संस्कृति जाति र समुदाय विशेषका नभएर सबैका साझा हुदै जानु विविधता युक्त समाजका लागि सकारात्मक मान्नुपर्छ । धर्म र संस्कृति साझा बन्दै जानुले समाजमा सद्भाव, भातृत्व र मेलमिलापको वातावरण बढाउन मद्दत पुग्ने विश्वास मैले लिएको छु ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले सबै धर्म र समुदायको सम्मान हुने मार्ग प्रशस्त गरेको छ । तीन तहको चुनाव सम्पन्न भएपछि मुलुक संविधान कार्यान्वयनको दिशामा अघि बढेको छ । संविधानको कार्यान्वयन हुँदै जादा सबै समुदाय, वर्ग र जातिले व्यवहारिक रुपमा प्राप्त अधिकारको उपभोग गर्दै जाने वातावरण बन्दैछ ।

अहिले मुलुक संविधान कार्यान्वयन गर्दै समृद्ध नेपाल सुखी नेपाली बनाउने दिशामा अघि बढेको छ ।  समृद्ध नेपाल,सुखी नेपालीको लक्ष्यमा पुग्न प्रदेश सरकार योजनाबद्ध विकासमा संकल््िपत छ । त्यसका लागि हामीले समृद्ध प्रदेश खुसी जनताको लक्ष्य लिएर योजनाबद्ध विकासको दिशामा अघि बढेका छौ । समृद्ध प्रदेशका माध्यमवाट समृद्ध नेपाल निर्माण सकिन्छ भन्ने दृढ आत्मविश्वासका साथ हामी अघि बढेका छौं । यस प्रदेशका सबै राजनैतिक दल, समुदाय,संघ संस्था र आम नागरिकमा यो महाअभियानमा सहभागी हुन हार्दिक अपिल गर्दछु ।

अन्त्यमा, क्रिसमस पर्वको अवसरमा सबैमा शान्ति, सुस्वास्थ्य र दीर्घायुको हार्दिक शुभकामना ।


शंकर पोखरेल
मुख्यमन्त्री
मिति २०७५ पुष १०

अन्य सूचनाहरू

१९ चैत्र, २०७५