(Wednesday, 24 July, 2019)



चैत २६ गते नेपालको राजनैतिक इतिहासमा विशेष महत्वको दिन । वि.सं.२००७ सालको जनक्रान्तिबाट १ सय ४ वर्षे जहाँनिया राणा शासनको अन्त्य गरी प्रजातन्त्रको प्रार्दुभाव भयो ।
जनताले जीवनशैली बनाउन नपाउँदै २०१७ साल पुष १ गते राजा महेन्द्रले प्रजातन्त्रको घाँटी निमोठेर निरंकुश निर्दलीय पञ्चायती व्यवस्था स्थापना गरे । निर्दलीय पञ्चायतको तीस वर्षसम्म मुलुक कहालीलाग्दो अध्याँरो बाटोमा हिड्न बाध्य भयो । २०४६ सालमा दलहरुको अगुवाईमा भएको  जनआन्दोलनले ३० वर्ष लामो निरंकुश पञ्चायती व्यवस्थाको अन्त्य गर्दै बहुदलीय प्रजातान्त्रिक व्यवस्था घोषणा ग¥यो । जनआन्दोलनको बलमा राजाबाट निर्दलीय पञ्चायती व्यवस्था खारेज गरी बहुदलीय प्रजातान्त्रिक व्यवस्था घोषणा भएकोले चैत २६  गते नेपालको राजनैतिक इतिहासमा विशेष महत्व रहिआएको छ । अहिलेकोे संघीय लोकतान्त्रिक गणतन्त्रको जगका रुपमा पनि उक्त जनआन्दोलनलाई लिन सकिन्छ ।
२०४६ सालको जनआन्दोलनपछि मुलुक लोकतान्त्रिक युगमा प्रवेश गरेको हो । २०४६ सालको जनआन्दोलनलाई लोकतान्त्रिक गणतन्त्र स्थापनाको प्रस्थानविन्दु र कोसेढुंगा मान्न सकिन्छ बहुदलीय प्रतिस्पर्धा, स्वतन्त्र प्रेस  र आवधिक निर्वाचन उक्त जनआन्दोलनले स्थापित गरेका उपलव्धि हुन् । त्यसपछि नै जनता प्रजावाट नागरिक वन्न सफल भएका हुन् । म यस अवसरमा २०४६ सालको जनआन्दोलनमा शहादत प्राप्त गर्ने शहीदप्रति हार्दिक श्रद्धाञ्जली  अर्पण गर्दछु । साथै, घाइते योद्धा र  बेपत्ता नागरिकप्रति उच्च सम्मान व्यक्त गर्दछु ।
ऐतिहासिक संविधानसभावाट नयाँ संविधान जारी भएपछि अहिले मुलुक नयाँ युगमा प्रवेश गरेको छ । संविधानले एकात्मक र केन्द्रीकृत राज्य व्यवस्थाको अन्त्य गरी संघात्मक राज्यव्यवस्थाको व्यवस्था स्थापना गरी व्यवहारिक कार्यान्वयनको चरणमा छ । २००७, २०४६ र २०६२।०६३ मा भएका जनक्रान्ति पछि यतिखेर मुलुकमा राजनीतिक अधिकारको लडाई आधारभूत रुपमा सकिएको छ । संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गरेपछि नागरिक विकास र  समृद्धिको व्यग्र प्रतीक्षामा छन् । विकास र समृद्धिको नागरिकको सपना पूरा गर्न सक्दामात्रै स्थापित राजनैतिक व्यवस्थालाई सुदृढ बनाउन सकिन्छ । जनआन्दोलन दिवसको उपलक्ष्यमा सबैलाई हार्दिक शुभकामना ।

शंकर पोखरेल
मुख्यमन्त्री
मिति २०७५ चैत २६